ग्वालीचौरमा लाग्ने सांस्कृतिक मेला न्वागीको अवसर पारेर बडिगाड गाउँपालिकाले दोस्राे गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिताको आयोजना गरेको छ । नेपाल सितोरियो कराते बडिगाड डोजोको संयोजनमा मंसिर १ र २ गते ग्वालिचौरमा दोस्राे गाउँपालिका अध्यक्ष कप राष्ट्रिय कराते प्रतियोगिता २०७६ को आयोजना गरिएको हो ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ८० हजार, ५० हजार र ३० हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा ३० टिमभन्दा बढिको सहभागिता हुनेछ । प्रतियोगितामा सहभागी हुने प्रत्येक टिमलाई १५ हजार नगद र खान–बस्नको व्यवस्था गरिएको छ ।
प्रतियोगिताका लागि सबै तयारी अन्तिम अवस्थामा पुगेको प्रतियोगिताका संयोजक राजन पाईजाले बताए । कार्यक्रमको लागि बडिगाड गाउँपालिकाले २२ लाख ५० हजार विनियोजन गरेको छ भने अन्य खर्च सहयोग संकलन गरेर जुटाइएको छ । करिब ३० लाख रुपैयाँको बजेट अनुमान गरिएको संयोजक पाइजाले बताए । न्वागी मेला पश्चिम बागलुङको ऐतिहासिक सांस्कृतिक पर्व हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0


