नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङले सोमबार राजन कुमार पाइजाको अध्यक्षतमा १३ सदस्य कार्यसमिति गठन गरेको छ । जिल्लामा पहिलो पटक गठन गरिएको समितिको उपाध्यक्षमा ध्रुब खड्का र विष्णु बोसेल, सचिवमा तार्जन कायत मगर, कोषाध्यक्षमा रेखा बोहोरा रहेका छन् । यस्तै सदस्यहरुमा महेन्द्र खड्का, सुष्मा बोहरा, राजन थापा मगर, कोपिल रोका मगर, मिलन रेग्मी, अनुप खड्का, सन्दिप पन्त र सुमित घर्ति मगर रहेका छन् । यस्तै समितिको सल्लाहकारमा सुरज बोसेल, कमल खड्का, राजकुमार बोसेल, झमान पाण्डे, विकास कुमार शाक्य, नन्दु विष्ट र सनि केसी रहेका छन् । समितिले नेपाल खेलाडी तथा प्रशिक्षक संघको विधानमा टेकेर काम गर्ने जनाएको छ ।
जिल्ला गठनको उद्घाटन समारोहमा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर २ का वडासदस्य सुरज बोसेलले खेलकुदको विकासको लागि खेलाडी र प्रशिक्षक एक भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले खेलकुदले देशलाई विश्व सामु चिनाउने र आफ्नो जिल्लालाई समेत विश्वमा चिनाउन सहयोग पुग्ने भएकाले सवै खेलाडी र प्रशिक्षकले नयाँ खेलाडी उत्पादनमा सहयोग पुर्याउनुपर्ने बताउनुभयो ।
अहिलेका अध्यक्ष राजन कुमार पाइजाले कराते खेल क्षेत्रमा अन्तराष्ट्रिय स्तरमा ठुलो योगदान पुर्याएका छन | बडीगाड गाउपालिकामा “बाडिगाड डोजो” नामक सस्थाको अध्यक्ष पनि रहेका छन् |
नेपाल खेलाडी तथा प्रशिक्षक संघ बागलुङ जिल्ला तदर्थ समितिका अध्यक्ष विकास शाक्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव राजन कुमार पाइजाले गर्नुभएको छ |
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0


