प्रदेश न ४ स्तरीय प्रथम कराँते प्रतियोगिता : बडिगाड कराँते डोजोलाई१ स्वर्ण, ४ रजत ५ कास्य पदक

प्रदेश न ४ स्तरीय प्रथम कराँते प्रतियोगितामा बडिगाड कराँते डोजोले विभिन्न पदक हात पारेको छ ।गत सोमबार बागलुङको बिहुकोटमा भएको ४ न प्रदेश स्तरीय प्रथम कराँते प्रतियोगितामा बडीगाड डोजोले बिभिन्न् पदक भित्राउन सफल भएको हो। प्रतियोगितामा ३५ केजी तौलमा नवीन थापाले प्रथम एक स्वर्ण हात पारेका छन ।

सोहि अवसरमा ३० केजी तौलमा सुदिप पाण्डे ,५० केजी तौलमा साहिल पुन , ६५ केजी तौलमा निलम थापा महिला तर्फ ५५ केजी तौलमा बिपसा थापा दोश्रो भई ४ रजत पदक भित्राएका हुन भने २५ केजी तौलमा बिज्जल पाईजा ,महिला तर्फ ३५ केजि तौलमा सुमना घर्ती, ४० केजि तौलमा प्रतीक्षा राना ,४५ केजि तौलमा अनुराधा आचार्य र ६० केजि तौलमा ललिसा थापा तेस्रो भई कास्य पदक भित्राएको बडीगाड डोजोका प्रमुख प्रशिक्षक राजन पाईजाले बताए। प्रशिक्षक पाईजाले भने अझैपनि यस्ता पदक भित्राउन राज्यले खेलकुदमा लगानी गर्नु पर्ने तर्क राख्दै आगामी हुने प्रतियोगितामा अझ सशक्त तरिकाले अगाडि बढ्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस

अन्य समाचार