अन्तर्राष्ट्रिय इन्डो–नेपाल करातेमा नेपाललाई सफलता

भारतको पञ्जाव बटलामा सम्पन्न इन्डो–नेपाल कराते प्रतियोगितामा नेपाललाई सफता मिलेको छ । आइतबार सम्पन्न कराते प्रतियोगितामा नेपालबाट बागलुङ बडिगाड डोजोलाई सफलता मिलेको हो । प्रतियोगीतामा सहभागिता जनाएका डोजोका ६ जनाले प्रथम स्थान हासिल गरेका छन् ।

नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तरर्राष्ट्रिय प्रतियोगीतामा डोजोका खेलाडीहरु सहभागी भएका थिए । डोजोका अध्यक्ष राजन पाईजाका अनुसार डिसेम्बर २० तारिख देखि भएको खेलमा सहभागी सबै ६ जना खेलाडीले नै प्रथम स्थान हासिल गरेका हुन् ।

‘हामी जित र हारको लागि भन्दा पनि अनुभवका लागि खेलमा सहभागी भएका थियौँ ।,’  ‘भाइबहिनीहरुले राम्रो खेल प्रदर्शन गरे अन्तत नतिजा पनि राम्रै आयो यसले हाम्रो बडिगाड करातेको खेललाई अझै माथि पुर्याएको महसुस गरेको छु ।’ पाईजाले भने ।

डोजोका ६ जना खेलाडीहरु खेलमा सहभागी हुन बिहिवार भारतको पञ्जाव तर्फ प्रस्थान गरेका थिए ।

खेलमा बडिगाड डोजोका तर्फबाट १३ वर्षीय विज्जल पाईजा,१४ वर्षीय खेलाडी विनोद पाईजा,१६ वर्षीय खेलाडी लक्ष्मण पुन,१७ वर्षीय मिलन थापा,१९ वर्षीय निलम थापा र १७ वर्षीय पवित्रा बलालले सहभागीता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस

अन्य समाचार