कोरियामा सम्पन्न करातेमा नेपाली खेलाडीले जिते पदक

कोरियामा सम्पन्न भएको ३१ औ मेयर कपमा इन्टरनेशनल कराते च्याम्पियनसिपमा राजन पाइजा ६० केजीमा प्रथम भएका छन् ।

प्रकाश खड्का ६७ केजीमा दोस्रो भएका छन। त्यस्तै अर्का खेलाडीमा जमानसिंह गुरुङ पनि द्धितीय भएका छन् । महिला तर्फ चन्द्रा हमाल ५५ केजीमा द्धितीय भएकी छिन् । चन्द्रा खड्का ५५ केजीमा तृतिय भइन् ।

१३ वर्ष उमेर समहुकी मोनिका थापा मगर तेस्रो भइन् । खेलमा नेपालको तर्फबाट राम थारु र प्रेम बहादुर गुरुङ्ग रेफ्री रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस

अन्य समाचार