बडिगाड डोजोका राजन पाईजालाई कोरियामा स्वर्ण पदक

कोरियाको बुसानमा आयोजित ३१ औं बुसान मेयर कप अन्तराष्ट्रिय कराँते च्याम्पियनसिपमा नेपालले एक स्वर्ण, दुई रजत र तीन कास्य पदक जितेको छ । कोरियामा ६ खेलाडी सहित दुई अफिसियलको रुपमा गएका थिए । अफिसियलको रुपमा गएका दुई जनाले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

च्याम्पियनसिपमा नेपालका लागि राजन पाईजाले स्वर्ण पदक जितेका हुन् । उनले ६० केजी तौल समूहमा स्वर्ण पदक जिते । पाईजा बाग्लुङका हुन् । त्यसैगरी पोखराका प्रकाश खड्का र चन्द्र हमालले रजत र कास्य पदक जितेका छन् । खड्काले ६७ केजीमा रजत पदक जिते । त्यसैगरी जमानसिंह गुरुङले पनि रजतमा चित्त बुझाए ।

महिला तर्फ चन्द्र हमालले ५५ केजीमा कास्य पदक जित्दा पुरुष तर्फको ५५ केजीमै चन्द्र खड्काले पनि कास्य पदक जितेको कास्की जिल्ला सितेरियो संघका अध्यक्ष एवं प्रशिक्षक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार १३ वर्षको उमेर समूहको प्रतिस्पर्धामा मोनिका थापा मगरले कास्य पदक जित्न सफल भईन् । नेपालबाट राम थारु र प्रेमबहादुर गुरुङले रेफ्रीको भूमिका निर्वाह गरेका थिए ।

स्वर्णपदक जित्ने पाइजा नेपाल खेलाडी तथा प्रक्षिशक संघ बाग्लुङ्गका अध्यक्ष पनि हुन । उनी बाग्लुङ्गमा करातेको एक उदाहरणिय खेलाडी मानिन्छन । पाइजाले बडिगाड गाउपालिकामा राष्ट्रिय खेल गाउपालिका अध्यक्ष कप प्रतियोगिता पनि गराइसकेका छन । बिगत लामो समय यता उनले बडिगाड डोजोको अध्यक्षको रुपमा काम गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस

अन्य समाचार